ब्रोकर (Broker) भनेको सेयर बजारमा तपाईं र बजार (NEPSE) बीचको मध्यम व्यक्ति हो। तपाईं आफैं NEPSE मा गएर सेयर किनबेच गर्न सक्नुहुन्न, त्यसैले तपाईंलाई ब्रोकरको माध्यम चाहिन्छ।
सरल शब्दमा भन्नुपर्दा:
NEPSE (नेपाल स्टक एक्सचेन्ज) मा सिधै सेयर किनबेच गर्न पाइँदैन। तपाईंले पहिले ब्रोकर कम्पनी छान्नुपर्छ। ब्रोकरमार्फत मात्रै तपाईंले TMS (Trading Management System) प्रयोग गरेर अनलाइनमार्फत सेयर किनबेच गर्न सक्नुहुन्छ।
ब्रोकरको आवश्यक र मुख्य भूमिका:
- सेयर खरिद/बिक्री गरिदिने : ब्रोकर तपाईंको सेयर किन्न वा बेच्नको लागि आदेश (Order) बजारमा लैजान्छ।
- सेटलमेन्ट प्रक्रिया मिलाउने: सेयर खरिदबिक्रीपछि पैसा र सेयरको आदानप्रदान सहि रूपमा गरिदिन्छ।
- अनलाइन TMS खाता दिने : ब्रोकर तपाईंलाई अनलाइन ट्रेडिङ खाता (TMS ID) दिन्छ, जसबाट तपाईं आफैं अनलाइन सेयर किनबेच गर्न सक्नुहुन्छ।
- सल्लाह/जानकारी दिनु : ब्रोकरहरूले नयाँ लगानीकर्तालाई सेयर बजारबारे सल्लाह, अपडेट र सुझावहरू पनि दिन्छन्।
ब्रोकर कम्पनी छान्दा तपाईंले यी ५ कुराहरू ध्यान दिनुपर्छ:
ब्रोकर नम्बर र इजाजतपत्र:
NEPSE ले इजाजत दिएको ब्रोकर नम्बर भएको कम्पनी मात्र रोज्नुहोस्।
लोकेशन (स्थान):
तपाईंको नजिकको शहरमा शाखा भएको ब्रोकर रोज्नुहोस्। यसले आवश्यक परेमा कागजी
काम, सल्लाह र सेवा सजिलै उपलब्ध हुन्छ।
अनलाइन TMS सुविधा:
तपाईंले छानेको ब्रोकरले TMS (Trading Management System) सुविधा दिनुपर्छ, जसबाट
अनलाइन ट्रेड गर्न सकिन्छ।
सेवा सुविधा र ग्राहक प्रतिक्रिया:
- ग्राहकलाई कसरी समर्थन गर्छ?
- प्रतिक्रिया कति चाँडो दिन्छ?
- कसैको सिफारिस छ कि छैन?
सेयर कारोबारको सक्रियता
कुन ब्रोकरको कारोबार बढी छ, त्यो हेरेर छनोट गर्दा सेटलमेन्ट, कस्टमर सपोर्ट, र सर्भिस राम्रो
हुने सम्भवना हुन्छ।
Broker Company List, Nepal : https://nepalstock.com.np/brokers
Comments
Post a Comment